काठमाडौं । पछिल्लो २४ घण्टामा ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १९ जना संक्रमण मुल्कता भएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ६ सय २० परीक्षण गरिएकोमा ६२ जनामा संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ सय ६१ पुगेको छ । जसमध्ये २ सय ५६ जना होम आइसोलेसनमा रहेका छन् भने ५ जना संस्थागत आइशोलेशन र १ जना आईसीयूमा छन् ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ११२ पुगेको छ भने हाल सम्म मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५२ छ भने ९ लाख ६७ हजार ४ सय ४५ जना संक्रमणमुक्त भएका छन् ।

