रत्ननगर ।
ड्रिम्स डान्स स्टुडियो द्वारा आयोजित चितवन डान्स स्टार २०७८/७९ को उपाधी स्काईराईडर आवासिय माबि का प्रज्वल गौतमले जितेका छन् , त्यस्तै दोश्रोमा समिपुर माविकी सलिना विक र तृतीय एभरभिजन स्कुल शक्तिखोरकी प्रकृति रेग्मी भएकी छिन । पब्लिक च्वाईस एवार्ड बुद्ध ज्योतिकी सचिता लामिछानेले जितिन ।

रत्ननगर १४ मा रहेको ड्रिम्स डान्स स्टुडियोले बिगत ३ महिना देखि चितवन डान्स स्टार कार्यक्रम संचालन गर्दै आएको थियो । १६ बर्ष मुनिका सहभागीहरु समेटी विद्यालय स्तरमा संचालन भएको कार्यक्रममा सुरुमा १ हजार २ सय ४० जनाको सहभागिता रहेको थियो , पहिलो चरणमा उत्कृष्ट ३० छनौट भएकोमा दोश्रो चरणमा उत्कृष्ट १० छनौट भएका थिए । उत्कृष्ट १० मध्ये बाट ग्राण्ड फिनाले मार्फत प्रथम, दोश्रो र तेश्रो छुट्टाईएको ड्रिम्स डान्स स्टुडियोका संचालक अन्जित बोहराले जानकारी दिए ।

ग्राण्ड फिनाले कार्यक्रममा माननीय प्रदेश साम्सद कन्चन खनालको प्रमुख अतिथि रहनुभएको थियो , बिजेतालाई प्रमुख अतिथिको हात बाट प्रमाण पत्र, ट्रफि र नगद पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार