रत्ननगर,असार ५
हिजो रत्ननगरमा ट्रकको ठक्करबाट स्थानिय उमेश दराईको ज्यान गएको घटनामा प्रसाशन जिम्वेवार नभएको आरोप स्थानीयले लगाएका छन् । अहिले कृष्णमन्दिर चोक क्षेत्रमा चक्काजाम गरिएको छ । सयौको संख्यामा आएका स्थानियहरुले बाटो बन्द गरि सडकमा प्रदर्शन गरिरहेका छन् । स्थानियहरुले टायर बालेर प्रदर्शन गरे पछी इलाका प्रहरी कार्यालय टांडीले सो टायरलाई बीच सडक बाट हटाएर साईड लगाएको छ । बिद्यालयको सवारी तथा एम्बुलेन्सलाई भने निर्वाद रुपमा चल्न दिइएको छ ।

हिजो पनि सडक बन्द गरिएकोमा रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले पिडितको पक्षमा न्याय दिने बाचा गरे पनि सो बाचा पुरा नगरेको स्थानीयको आरोप छ । आफ्नै साईडमा साइकलमा सवार उमेश दराईलाई नारायणी यातायात व्यवशायी संघ अन्तर्गत संचालित ना ४ ख २७४८ नम्बरको ट्रकले ठक्कर दिएको र चालकले लापारवाही गरेको स्थानीयको भनाई छ ।

हिजो बिहान ४:४० बजे टाँडीबाट भरतपुरतर्फ जाँदै गरेको ट्रकको ठक्करबाट घाइते भएका दराईको उपचारको क्रममा मृत्यु भएको हो । आफ्नो माग सम्बोधन नभए सम्म सडक ठप्प पार्ने पिडित समुहले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार