काठमाडौं : नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ९०५ वटा नमुना परीक्षण गर्दा थप २५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज थपिएकासँगै देशभर सक्रिय संक्रमितको संख्या ९७ रहेको छ । यस्तै २४ घण्टामा थप १५ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । आज १ लाख ६८ हजार २१७ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार