चितवन । एनजीओ फेडरेसन (गैरसहकारी संस्था महासंघ नेपाल) जिल्ला शाखा चितवनको बार्षिक साधारण सभा तथा १०औं अधिवेशन आज भरतपुरमा सम्पन्न भएको छ । अधिवेशनले पार्वती घिमिरे दुवाडीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

विगत लामो समय देखि डेक नेपालले सञ्चालन गरेको परियोजना मार्फत चितवनका सीमान्तकृत चेपाङ समुदायको सशक्तिकरण र जीवन स्तर उकास्ने काममा महत्वपूर्ण भूमिका खेल्दै आएका जनक कार्कीले महासंघको जिल्ला कोषाध्यक्षको जिम्मेवारी पाएका छन् । कार्कीको कार्यको सर्वत्र प्रशंसा हुने गरेको छ ।

समितिको उपाध्यक्षमा पद्मा श्रेष्ठ,सचिवमा रामचन्द्र आचार्य,सहसचिवमा रामकुमार श्रेष्ठ त्यसैगरी सदस्यहरुमा कमलराज खनाल,अनुप अधिकारी,चन्द्रकुमारी चौधरी,गीता राई,माया श्रेष्ठ,रसु थकाली,किशोर खनाल र निर्वतमान अध्यक्षमा सुरेश कुमार अधिकारी चयन भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार