काठमाडौं : विश्व स्वास्थ्य संगठनले जारी गरेको गत २४ घण्टाको अपडेट अनुसार कोरोना भाइरस संक्रमणबाट एकैदिन १ हजार ३२५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट १ हाजार ३२५ जनाकाे मृत्यु भएको हो।

त्यस्तै, विगत २४ घण्टामा विश्वभर ५ लाख १४ हजार २२० जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ। विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म ५३ करोड २५ लाख ८४ हजार २३० जनामा कोरोना संक्रमण भएको छ। त्यस्तै, ५० करोड ३४ लाख ९९ हजार ४४० जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।

विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको पछिल्लो तत्थ्यांक अनुसार ६३ लाख १३ हजार ४२७ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ। हालसम्म विश्वभर २२ लाखभन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने ३७ हजार बढी गम्भीर अवस्थामा रहेका छन् । त्यस्तै, पछिल्लाे २४ घण्टामा थप ५ लाख १५ हजार ६१५ संक्रमित निकाे भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार