
काठमाडौं,१७ जेठ । ‘कबड्डी ४’ की नायिका मिरुना मगरमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका फुर्वा लामा मंगलबार रिहा भएका छन् ।
मुगु स्थायी घर भएका लामाले सुन्धारास्थित सिभिल मलको एक कफी सपमा दुर्व्यवहार गरेको भन्दै मिरुनाले प्रहरीमा उजुरी दिएकी थिइन् । उनकै उजुरीको आधारमा लामालाई पक्राउ गरिएको थियो । पक्राउविरुद्ध आज काठमाडौंमा प्रदर्शन समेत भएको थियो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले पक्राउ परेका लामा छुटेको जानकारी दिए । लामा पक्राउपछि उनको पक्ष र विपक्षमा बहस हुँदै आएको थियो ।