मकवानपुर। मंगलबार हेटौंडामा आयोजित नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा मतदातालाई धन्यवाद दिन राखिएको कार्यक्रममा बोल्दै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र रुपमा निर्वाचित भएका हर्कराज राई साम्पाङजस्तो बन्न कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । उनले धरानको मेयरमा निर्वाचित भएका साम्पाङको आफू प्रशंसक रहेको भन्दै उनीजस्तै बन्न आग्रह गरे।

असल गुण भएको मान्छेलाई सम्मान गर्नुपर्ने भन्दै कार्यकर्ता र नवनिर्वाचित जनप्रतिनिधिहरूलाई पनि सोहीअनुसार काम गर्न निर्देशन दिए। उनले आफूहरुले राम्रोसँग काम गर्न नसक्दा देशैभरि स्वतन्त्र उम्मेदवारहरू बढेको समेत बताए। नेता नेपालले पार्टी बनेको छोटो समयमा नै चुनावमा होमिएर आफूहरुले राम्रो सफलता पाएको दाबी गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार