चितवन । चितवनमा आजदेखि अत्यावश्यकबाहेकका सरकारी कार्यलयको सेवा स्थगन गरिएको छ । सबै सरकारी कार्यालयका कर्मचारी स्थानीय तह निर्वाचनका लागि खटिनुपर्ने भएकोले आजदेखि वैशाख ३० गतेसम्मका सबै सरकारी काम स्थगन गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

मंगलबार सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले भनेको छ, ‘जिल्ला प्रशासन कार्यालयलगायत जिल्लास्थित सम्पूर्ण सरकारी कार्यालयहरुबाट प्रवाह हुने अत्यावश्यकबाहेकका सेवाहरु मिति २०७९/०१/२७ देखि २०७९/०१/३० गतेसम्मका लागि स्थगन गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर