रत्ननगर । चितवनको रत्ननगर नगरपालिका वडा नं ९ मा दुई दलीय गठबन्धनका उमेदवारहरुले सोमबार चुनावी अभियान अन्तर्गत मोटरसाइकल र्‍याली निकालेका छन् । वडा परिक्रममा गरिएको र्‍यालीमा उत्सहाजक सहभागिता रहेको थियो ।

र्‍यालीमा वडाध्यक्ष पदकी उमेदवार सरस्वती लामा सहित वडा सदस्यका उमेदवारहरु मन बहादुर थापामगर,नन्दलाल रेग्मी,दिलमाया विश्वकर्मा र सरस्वती बुढाथोकी चौधरी तथा गठबन्धनका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । र्‍यालीपछि आयोजित कार्यक्रममा वडाध्यक्ष पदकी उमेदवार लामाले आफु जित नजिक रहेको दावी गरेकी छन् । मतदाताले आर्शिवाद र सदभावले आफुलाई चुनाब जितिसकेको अनुभूति भएको उनको भनाई छ ।

पाँच बर्ष वडासदस्य भएर गरेको कामको मुल्याङ्कन वडाबासीले गर्नुहुनेछ उनले भने मलाई विश्वास छ उहाँहरुले मेरै पक्षमा मतदान गर्नुहुनेछ । वडा सदस्य हुँदा अधिकांस समय कार्यबहाक वडाध्यक्ष भएर वडाको विकासमा क्रियाशिल लामा लोकप्रिय छन् ।

उनले जितका लागि वडाबासीको आर्शिवाद थापेकी छन् । उनले गरेको काम नै उनको जितको आधार हो । वडाको विकाससंगै कृषि र पशुपालनलाई व्यवसायिक बनाउन लामाले खेलेको भूमिका अहम छ ।

प्रतिक्रिया

सम्बन्धित खवर