२६ बैशाख रत्ननगर ।
रत्ननगर नगरपालिका वडा नम्बर १० मा नेकपा एकीकृत समाजवादी बाट वडाध्यक्षका उमेदवार बनेका कमल बहादुर घिमिरेले आफुले चुनाव जिते रत्ननगर १० लाई शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन लगाएतका
हरेक क्षेत्रलाई प्रभावकारी बनाउदै नमुना वडा निर्माण गर्ने बताएका छन् । घिमिरे गत २०७४ सालको निर्वाचनमा निर्वाचित वडा सदस्य समेत हुन् । आफुले विगत ५ बर्ष देखि जनताको लागि गरेको समर्पणको जनताले पक्का मुल्यांकन गर्ने उनि बताउछन ।

वडा विकासको लागी टोलस्तर बाट कार्यक्रम संचालन गरिनुपर्ने घिमिरेको योजना छ । टोल विकास संस्थाका अध्यक्षहरुलाई नै बिशेष भूमिका दिएर विकास निर्माणलाई अगाडि बढाउने योजना उनीले अगाडि सार्ने प्रतिवद्धता जनाएका छन् । बालबालिका लक्षित बिशेष कार्यक्रम ल्याई बालबालिकाको क्षमता प्रतिभा पहिचान गरि भविष्यको आधार आजै तय गरिने उनि थप्छन । खेलकुदको क्षेत्रलाई प्राथमिकतामा राखी विद्यालयमा खेलकुदको प्रशिक्षक नियुक्त गरि विदेशका विद्यालयहरुमा जस्तै वालवालिकाहरुलाई सानै उमेर देखि खेलकुदमा पोख्त बनाउदै राष्ट्रिय स्तरको खेलाडी बन्ने आधारशिला खडा गर्ने उनको योजना छ । शिक्षा लाई व्यवशायिक वनाउन प्राविधिक शिक्षालाई जोड दिने योजना उनको छ ।

परम्परागत कृषि र पशुपालनलाई विस्तापित गर्दै अत्याधुनिक व्यवशायिक कृषि, पशुपालन साथै तरकारी खेतीमा अन्तरबालि प्रविधिलाई विशेष बजेट छुटाएर कृषि, पशुपालनको स्तर सुधार्ने उनि बताउछन । रत्ननगर १० लाई व्यापारिक क्षेत्रको हव बनाउन विशेष कार्यक्रम साथै यो क्षेत्रको हरेक पाटोलाई मजबुत बनाउन आफु लागिपर्ने उनको योजना छ ।

रत्ननगर १० मा नेकपा एकीकृत समाजवादीले वडाध्यक्षमा कमल बहादुर घिमिरे, महिला सदस्यमा बिष्णुमाया घिमिरे खुल्ला सदस्यमा चन्द्रकान्त ओझा र माधव प्रसाद अधिकारीलाई उमेदवार बनाएको छ । रत्ननगर १० मा हाल घर दैलोको कार्यक्रममा व्यस्त रहेका नेकपा एकीकृत समाजवादिका नेता कार्यकर्ता हरु आफुहरुले चुनाव जित्नेमा उत्साहित छन् । जनताहरु कलम चिन्हमा भोट हाल्न आतुर रहेको उनीहरुको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर