चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनमा गठबन्धन विरुद्ध उभिएका कांग्रेस नेताहरुलाई एक्लै बढेर कोही वीर नहुने बताएका छन् ।

भरतपुरमा आज आयोजित गठबन्धनको सभालाई सम्बोधन गर्दै उनले चितवनमा गठबन्धन विरुद्ध उभिएका कांग्रेस नेताहरुलाई एक्लै बढेर कोही वीर नहुने बताए । ‘लकिरको फकिर भएर लोकतन्त्रको रक्षा हुँदैन। सहमति सहकार्य र एकता आजको आवश्यकता हो। यो गठबन्धन बने देखि यसलाई तोड्न अनेक प्रयास हरु भए। तपाईँको साथ सहयोग भयो भने तपाईँहरुको उत्प्रेणा भयो भने। यो गठबन्धन दशकौं जान्छ। यो स्वभाविक गठबन्धन हो,’ उनले भने।

प्रतिक्रिया

सम्बन्धित खवर