बैशाख २१,२०७९

चितवन – वैशाख ३० गते हुन गैरहेको स्थानीय चुनावलाई लक्षित गरी सत्ता गठबन्धनले भरतपुरमा भोलि गर्न लागेको सभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवंम नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा भरतपुर आइपुगेका छन ।

बुधबार दिउँसो गठबन्धनको बिराटनगरमा भएको चुनावी सभालाई सम्बोधनपश्चात् हवाई मार्ग हुँदै उनी चितवन आइपुगेका हुन ।

बिहीबार भरतपुरको केन्द्रीय टर्मीनल बसपार्कमा हुने चुनावी सभालाई देउवासहित गठबन्धनका शिर्ष नेतालेहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भरतपुरमा काँग्रेसका असन्तुष्ट समुहबाट मेयरमा बागी उम्मेद्बारी दिएका जगन्नाथ पौडेललसंग देउवाले छलफल गर्ने सम्भावना रहेको बताइएको छ ।

पौडेलको उम्मेदवारी फिर्ताको लागि पार्टी सभापती देउवाले गृहमन्त्री खाँड र राज्य मन्त्री उमेश श्रेष्ठलाइ अघिल्लो साता चितवन पठाएका थिए । यद्यपि पौडेलले आफ्नो अडान कायम राख्दै उम्मेदवारी फिर्ता लिएका थिएनन् ।पार्टीको नितीविपरीत गएको भन्दै पौडेल लगायतका नेतालाई केन्द्रले आज साझसम्म वक्तव्य जारी गर्दै गठबन्धनका उमेदवारलाइ समर्थन गरेमा कारबाहीमा पुर्नविचार गर्न सकिने जनाएको छ । यद्यपि चितवन काँग्रेसका उपसभापति राजीव न्यौपानेले देउवा र पौडेलबिच भेटको सम्भावना नरहेको जनाए ।

यस्तै आजै प्रधानमन्त्री देउवा आचारसंहिताविपरीत चुनावी प्रचारमा आउन लागेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा उजुरी समेत परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार