चितवन – चितवनको रत्ननगर नगरपालिकामा काङ्ग्रेस र गठबन्धनले आइतबारदेखि सबै वडामा घरदैलो कार्यक्रम सुरु गरेको छ। काङ्ग्रेसबाट रत्ननगरको मेयर पदका उमेदवार प्रल्हाद सापकोटाले एक कार्यक्रमका बिच वडा नं १ बाट घरदैलोको अभियान सुरु गरेका हुन। मेयरका उमेदवार सापकोटाले आइतबार वडा नं १ का हरेक मतदाताको घरघरमा पुगेर मत मागेका छन् । मेयर र उपमेयरमा गठबन्धन गरेका समाजवादीको तर्फबाट उपमेयर पदका उमेदवार बद्रिनाथ घिमिरे पनि घरदैलोमा सहभागी भएका थिए ।

सो वडाका वडाध्यक्षका उमेदवार कुलप्रसाद सापकोटा, वडासदस्यका उमेदवारहरु खुल्ला सदस्यहरु सूर्यविक्रम चौधरी, गिरिराज लम्साल, महिला सदस्य उमा पौडेल सुवेदी, दलित महिला सदस्य विन्दु मगरातीसहित नेता तथा कार्यकर्ताहरु घरघरमा पुगेर मत मागेका छन् । घरदैलोपश्चात भक्तिनी बगैँचामा आयोजित कोणसभामा मेयर पदका उमेदवार सापकोटाले एमालेका जनप्रतिनिधिले पाँच वर्ष नगर चलाउँदा जनअपेक्षाअनुसार काम नगरेको भन्दै नगरको विकास र सुशासन स्थापित गर्न आफूले उमेदवारी दिएको बताए ।

उनले कृषि र पर्यटनको माध्यमबाट रोजगारी सृजना, बेरोजगारी अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् ।यसैगरी, वडा नं २ का वडाध्यक्षका उमेदवार राजेन्द्रप्रसाद घिमिरे, वडा नं ३ का वडाध्यक्षका उमेदवार सोहेन्द्रराज खरेल, वडा नं ४ का वडाध्यक्षका उमेदवार रामकुमार चौधरी, वडा नं ५ का वडाध्यक्षका उमेदवार बालकृष्ण चापागाईं, वडा नं ६ का वडाध्यक्षका उम्मेदवार किरण महतो, वडा नं ७ का वडाध्यक्षका उमेदवार लालबहादुर भट्ट, वडा सदस्यका उम्मेदवारसहित पार्टीका नेता तथा कार्यकर्ताहरुले घरदैलो गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार