१५ बैशाख रत्ननगर ।
रत्ननगर स्थित श्रीकृष्ण प्रणामी मन्दिर टिकौली परिसरमा नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा १ सय ३८ जनाको स्वास्थ्य परिक्षण गरिएको थियो । जस मध्य ४० जनालाई पायल्स देखिएको छ । श्रीकृष्ण प्रणामी सेवा समिति , जिल्ला कार्य समिति चितवन र हिमालय आयुर्वेद क्लिनिक पोखरा बसपार्क को संयुक्त आयोजनामा शिविर संचालन भएको हो ।

शिविरमा बाथ, स्त्री रोग, पेट समन्धी समस्या लगाएतको परिक्षण गरि नि:शुल्क औषधि वितरण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर