वैशाख १
रत्ननगरमा चार दशक भन्दा बढी समयदेखी संचालनमा आइरहेको ध्रुव रेडियो सर्भिस थप सेवा सहित आज बुधबार शुभारम्भ गरिएको छ । ध्रुव रेडियोको नामले संचालनमा रहेको पसल सेवा थप गरेसंगै ध्रुव इलोक्ट्रोनिक्स एण्ड मोबाइल हाउस नामले आज नयाँ बर्षको अवसर पारेर संचालनमा ल्याइएको हो ।
रत्ननगरको सौराहाचोकको आफ्नै भवनबाट संचालन भइरहेको इलेक्ट्रोनिक्समा मोबाइल सेवा थप गरिएको संचालक ध्रुव बोहोराले जानकारि दिए । उनले ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै सेवा थप गरिएको बताए ।
शुभारम्भको अवसरमा हरेक स्मार्टफोनको खरिदमा आकर्षक पुरस्कारको व्यवस्था गरिएको अर्का संचालक निर्मल बोहोराले जानकारि दिए । उनले पसलमा हरेक कम्पनिको नयाँ मोबाइल, मोबाइल एसोसरिज, घडि, रेडियो उपलब्ध हुनुका साथै दक्ष प्राविधिकद्वारा मोबाइल,घडि ,रेडियो, टिभी लगाएतका इलेक्ट्रोनिक्सका सामान मर्मत गरिने बताए ।

