रत्ननगर । रत्ननगर नगरपालिका वडा नं ९ नेकपा एकीकृत सामाजबादी पार्टीले आज घरदैलो अभियानको दोश्रो दिनमा कृष्ण मन्दिर चोक, स्याउली बजार, भानुचोक, सिसै, बेलटांडी लगाएतकास्थान मा घरदैलो गरेको छ । पार्टीले स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरी हिजोदेखि घरदैलो कार्यक्रम सुरु गरेको थियो । घरदैलो अभियान स्थानिय चुनाव सम्म चलिरहने एकीकृत समाजवादीका जिल्ला सचिव कुल प्रसाद लामिछानेले जानकारी दिनुभयो ।
आज गरिएको घरदैलो अभियानमा मतदाताहरु उत्साहित हुदै समाजवादी पार्टीलाई जितको लागि अग्रिम शुभकामना समेत दिनुभएको पार्टीका नेता चिन्तामणि आचार्य बताउनुहुन्छ । आजको घरदैलोमा पार्टीका नेता सुर्य प्रसाद लामिछाने, इश्वरी लामिछाने, विष्णुहरि देवकोटा, रत्ननगर ९ वडाध्यक्ष रोशन आचार्य , आगामी निर्वाचनका लागी वडाध्यक्षको दावेदार सरस्वति लामा लगाएत सयौ स्थानियहरुको सहभागिता रहेको थियो ।





