काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आज काठमाण्डौ स्थित भृकुटीमण्डपमा जनसभा गर्दैछ । मुलुकमा बहुदलीय व्यवस्था पुनःस्थापना भएको दिनको अवसरमा पार्टीले अहिलेसम्म गरेका कार्यका साथै सङ्गठन सुदृढीकरण तथा विस्तारका अभियानबारे जानकारी दिन सभा गर्न लागेको हो । सभालाई सफल बनाउन जनवर्गीय सङ्गठनलाई तयारी तथा व्यवस्थापनको विशेष जिम्मेवारी दिइएको छ । उक्त सभालाई पार्टीका शीर्ष नेतृत्वले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
जिल्लाअन्तर्गतका सबै सङ्घीय, प्रदेश, महानगर, नगर, गाउँ, वडा तथा प्रायः सबै टोलमा कमिटी निर्माण भइसकेका छन् ।
पार्टीअन्तर्गतका युवा, महिला, विद्यार्थी मजदुर, पेशागत सङ्गठनलगायत सबै जनसङ्गठनका वडा तहसम्म सङ्गठनलाई विस्तार गरिएको छ ।
रत्ननगर ९ मा समाजवादीको वडा कार्यालय आजै उद्घाटन हुँदै
रत्ननगर लाई एकीकृत समाजवादीको राम्रो पकड भएको नगरको रुपमा हेर्ने गरिन्छ, नगरमा हुने कार्यक्रमहरुको माहोल हेर्दा नगरमा नेपाली कांग्रेस पछिको ठुलो पार्टीको रुपमा एकीकृत समाजवादी स्थापित भएको छ । सोहि रत्ननगरको वडा नम्बर ९ स्थित ज्योतिर्मय टोलमा आज एकीकृत समाजवादीको वडा कार्यालय उद्घाटन हुने पार्टीका जिल्ला सचिव कुल प्रसाद लामिछानेले जानकारी दिनुभएको छ ।
कार्यक्रम अपरान्ह ४ बजे बाट सुरु हुने र पार्टीका सम्पूर्ण कार्यकर्ता, नेता तथा शुभेच्छुकहरुको उल्लेख्य उपस्थिति रहने नेकपा एकीकृत समाजवादी रत्ननगर ९ का अध्यक्ष बालकृष्ण पौडेल बताउछन ।

