रत्ननगर २५ चैत्र । विगतका बर्षहरुमा प्रेम दिवसको अवसर पारेर आयोजना गरिदै आएको सौराहा फुड फेस्टिबल नेपाली नयाँ बर्षमा हुने भएको छ । रेष्टुरेण्ट एण्ड वार एसोसिएसन नेपाल रेवान सौराहाले चैत्र ३० देखि बैशाख २ गतेसम्म फेष्टिबलको १६ औं संस्करण आयोजना गर्न लागेको आज पत्रकार सम्मेलन गरेर जानकारि दिइएको हो ।

फेष्टिवलमा स्थानीय, स्वदेशी तथा विदेशी खानाको परिकार रहने छ । त्यस्तै स्थानीय कला, संस्कृति, भेषभुषाको जगेर्नाका लागि महोत्सव केन्द्रीत रहेको बताइएको छ । यो संस्करणको मुख्य आकर्षणमा विभिन्न जातजाती , आमा समूह लगायत अन्य संघ संस्थाको झाँकी प्रदर्शन तथा प्रतियोगीता राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती रहने रेवान सौराहाका अध्यक्ष नरेश गिरीले जानकारी दिए । उनले कार्यक्रम अवधि भर कार्यक्रम स्थल देखी सौराहा ड्‌याक सम्म हरेक दिन बेलुका जनजाती हरुको झाँकी प्रदर्शन गरिने बताए ।

कार्यक्रममा दैनिक २० हजार सम्म दर्शक आउने र ३ करोड भन्दा वढीको कारोबार हुने आयोजकले अनुमान गरेको छ । रेवान महिला समूह र क्षेत्रीय होटल संघ नेपाल चितवन सह आयोजक रहेको फेष्टिबल सम्पन्न गर्नको लागि ६० लाख भन्दा बढी खर्च लाग्ने आयोजकले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर