रत्ननगर । रत्ननगर ८ मा समाजबादी पार्टीको कार्यालय उद्घाटन तथा घरदैलो कार्यक्रम गरिएको छ । स्थानीय तहको निर्वाचतलाई लक्षित गरी समाजबादीले सो वडामा कार्यालय स्थापना तथा घरदैलो गरी भोट मागेको हो ।

पार्टीका जिल्ला सचिव कुलप्रसाद लामिछाने रहेको सो कार्यक्रममा रत्ननगर इन्चार्ज दुर्गा प्रसाद घिमिरे,नगर अध्यक्ष बद्री नाथ घिमिरे ,उपाध्यक्ष हरिकुमार श्रेष्ठ, युब संघ नेपाल जिल्ला सचिब इश्वर राज अधिकारी,वडा इन्चार्ज पुष्प राज मरहट्ठा लगायतको सभागिता रहेको थियो ।

कार्यक्रम सञ्चालन वडा कमिटी सचिब नारदप्रसाद अधिकारीले गरेका थिए । भखैरै जन्मभएको सो पार्टीले निर्वाचन तथा पार्टी गठनको औचित्य पुष्टि गर्न घरदैलो गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार