रत्ननगर । विकू बचत तथा ऋण सहकारी संस्थाले रत्ननगरको बकुलहरचोकमा एकीकृत सेवा शुभारम्भ गरेको छ । रत्ननगरमा रहेको पुजा बचत तथा ऋण सहकारी संस्थासंग एकीकरण गरेको विकूले पुजा सेवा केन्द्रको रुपमा कारोबार सुरु गरेको हो । कार्यक्रमकी प्रमुख अतिथि रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडीले सो सेवा केन्द्रको एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरेकी हुन । गैंडाकोट नगरपालिका– ८ मा केन्द्रीय कार्यालय रहेको बिकू बचतले नवलपुर र चितवन जिल्लामा सेवा प्रवाह गरिरहेको छ । दुई संस्थाबीच गत पुस १ गते एकीकरण भएको सेवा केन्द्र प्रमुख सुरज लौडारीले जानकारी दिए ।

रत्ननगरमा विगत सात वषदेखि संचालनमा रहेको पुजा बचत तथा ऋण सहकारी संस्थामा २५०० शेयर सदस्य थिए । ति २५०० शेयर सदस्य अब विकुको शेयरधनी भएका छन् । झन्डै एकलाख ३० हजार शेयर सदस्य रहेको विकुले रत्ननगरमा आफ्नो २१ औं सेवाकेन्द्रको विस्तार गरेको हो । उपमेयर दुवाडीले सहकारीले विपन्न वर्गका सदस्यहरुको जीवनस्तर माथि उकास्ने गरी आयआर्जन तथा उत्पादनशिल क्षेत्रमा लगानप्ी गर्न आवश्यक रहेको बताइन । पुजा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सदानन्द आचार्यले सहकारीको एकीकरण गर्ने राज्यको नीति अनुसार विकू बचत संग एकीकरण गरिएको भन्दै यसले शेयर सदस्यहरुलाई नोक्सान नहुने तर्फ गरे ।

बिकू बचतका अध्यक्ष ओमलाल सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगर नगरपालिका सहकारी शाखा प्रमुख स्वस्तिका अर्याल,नगर सहकारी संजाल रत्ननगरकी अध्यक्ष ऋतु गिरी, कांग्रेस नेता रुपनराज घिमिरे, पुजा बचतका सचिव बसन्त देबकोटा,रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्त संस्थाका अध्यक्ष भिष्मराज पौडेल,हिमालयन आमाविका प्राचार्य पशुपती उपाध्याय, समाजसेवी तथा सहकारीकर्मी शिवकान्त पौडेल,माओवादीका नेता जीवनलाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा पुजा बचत तथा ऋण सहकारीका संस्थापक सदस्य, संचालक समिति, लेखा समिति, महिला उप–समिति र प्रबन्धक सुरज लौडारी गरी २७ जनालाई सम्मान समेत गरिएको थियो । त्यस्तै कार्यक्रममा आठ जना वृद्धवृद्धाहरुलाई एटिएम कार्ड र लौरी प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार