रत्ननगर । रत्ननगर १२ मा रहेको शान्तिकुञ्ज सामाजिक उद्यमी महिला सहकारी संस्थाले आइतवार ज्येष्ट शेयर सदस्यहरुलाई सम्मान गरेको छ । ६५औं राष्ट्रिय सहकारी दिबसको अबसरमा सो सहकारीले १० जना ज्येष्ट शेयर सदस्यहरुलाई सम्मान गरेको हो ।
झलकुमारी अधिकारी,खडुमाया पन्त,डिलमाया बराल,मनमाया पाण्डे,इन्द्राबती घिमिरे,आशा गुरुङ,सीता नेपाली,पोषण कुमारी सिलबाल,भूमादेवी न्यौपाने र दुर्गा पौडेललाई सम्मान गरिएको हो । संस्थाकी अध्यक्ष पार्वती न्यौपाने,उपाध्यक्ष निर्मला दंगाल,सचिव दुर्गा बराल,कोषाध्यक्ष सीता चापाँगाई,सल्लाहाकारहरु गोपी नेपाल र रघुनाथ भट्ट लगायतले उनीहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
सो अबसरम संस्थाकी अध्यक्ष न्यौपानेले संस्थाको संस्थागत तथा आर्थिक विकासमा योगदान गरेका ज्येष्ट शेयर सदस्यहरुलाई सम्मान गरिएको बताइन । कार्यक्रममा गाई समितिकी संयोजक लक्ष्मी घिमिरे सहित सञ्चालक समितिका अन्य सदस्यहरु,सल्लाहाकार समिति तथा अन्य विषयगत समितिका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

