रत्ननगर । चितवनको रत्ननगरमा आइतवार ६५औं राष्ट्रिय सहकारी दिबस मनाइएको छ । रत्ननगर नगरपालिका र जिल्ला सहकारी संघले सयुक्त रुपमा कार्यक्रमको आयोजना गरी दिबस मनाएका हुन ।
सहकारीको विकास र सम्भावनाको विषयमा अन्र्तक्रिया गरी दिवस मनाइएको नगर स्तरीय सहकारी सञ्जालकी अध्यक्ष ऋतु गिरीले जानकारी दिइन । कार्यक्रमका प्रमुख अथिति मेयर नारायण वनले सहकारीले उत्पादनशिल क्षेत्रमा लगानी गर्नुपर्ने बताए । सहकारीहरुले उद्देश्य अनुसार काम गर्न नसकेको भन्दै उनले विपन्न समुदायको आयआर्जनमा लगानी गर्न आग्रह गरे ।
कार्यक्रममा उपमेयर विमला दुवाडीले विषयगत सहकारीहरुलाई नगरपालिकाले सहयोग गर्दै आएको भन्दै उत्पादन र सीपमुलक कार्यक्रममा सहकारीले ध्यान केन्द्रीय गर्नुपर्ने बताइन । जिल्ला सहकारी संघका उपाध्यक्ष प्रेमनाथ दुवाडीको अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल,जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर बगाले,उज्जवल महिला विकास बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष सम्झना घिमिरे,कृषि प्राविधिक जीवन पौडेल,शान्तिकुञ्ज सहकारीकी अध्यक्ष पार्वती न्यौपाने लगायतले मन्तव्य राखेकी थिइन ।
कार्यक्रममा सहकारी शाखाकी प्रमुख स्वस्तिका अर्यालले नगर भित्रका सहकारीको अबस्थाको बारेमा जानकारी गराएकी थिइन ।

