१९ चैत, रत्ननगर । रत्ननगरमा एकीकृत समाजवादी पार्टीले तीन वटा जनवर्गीय संगठनको नगरस्तरीय कमिटी घोषणा गरेको छ। रत्ननगर सौराहाचोकको होटल गंगोत्रीमा आज आयोजित कार्यक्रममा नगर इन्चार्ज दुर्गाप्रसाद घिमिरेले युवासंघ, अखिल नेपाल महिला संघ र अखिल नेपाल किसान महासंघको नगर कमिटी घोषणा गरेका हुन्।

१०१ सदस्यीय युवासंघ नगर कमिटीको अध्यक्षमा उज्वल देवकोटा, उपाध्यक्षमा किरण नेपाली, सचिवमा रामहरि अधिकारी, सहसचिवमा, रविन अधिकारी, राजेन्द्र अर्याल, रामचन्द्र सापकोटा(विशाल) र कोषाध्यक्षमा रामबहादुर परियार चयन भएका छन्। ५१ सदस्यीय अनेमसंघ रत्ननगर नगर कमिटीको अध्यक्षमा निर्मला खड्का, उपाध्यक्षमा पार्वती घिमिरे, शारदा अधिकारी, तुलसी न्यौपाने, सचिवमा संगीता खड्का, सहसचिवमा सीता लामिछाने, रीता पौडेल, सरस्वती चौधरी र कोषाध्यक्षमा पवित्रादेवी घिमिरे चयन भएका छन्।

५१ सदस्यीय अखिल नेपाल किसान महासंघ नगर कमिटीको अध्यक्षमा हरिप्रसाद पण्डित, उपाध्यक्षमा दीलबहादुर थापा, सचिवमा भीमनिधि तिवारी, सहसचिवमा भोजराज राउत र कोषध्यक्षमा चिन्तामणि आचार्य चयन भएका छन्। उक्त जनवर्गीय कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रीय उपाध्यक्ष केदार न्यौपानेले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए।

कार्यक्रममा स्थायी कमिटी सदस्य तथा बागमती प्रदेशका सहइन्चार्ज साध्यबहादुर भण्डारी, केन्द्रीय सदस्य तथा अनेमसंघ प्रदेश अध्यक्ष मुनु सिग्देल, जिल्ला अध्यक्ष डा.कृष्णराज पन्त, प्रदेश कमिटी सदस्य गोविन्द अधिकारी, बाबुराम पाठक, जिल्ला सचिव कुलप्रसाद लामिछाने, युवासंघका जिल्ला उपाध्यक्ष रामचन्द्र लम्साल, अखिल नेपाल महिला संघ समाजवादीकी केन्द्रीय सदस्य विष्णु भण्डारी कट्टेल, अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य विष्णुहरि देवकोटा, अनेरास्ववियुका जिल्ला अध्यक्ष जयराम बास्कोटालगायतले मन्तव्य राखेका थिए।

नगर कमिटी अध्यक्ष बद्रिनाथ घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष हरिकुमार श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ८० जना समाजबादीमा प्रवेश गरेको जिल्ला कमिटी सदस्य सरस्वती लामाले जानकारी दिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार