चितवन १८ चैत । एकीकृत समाजबादी पार्टीले रत्ननगर ९ मा टोल कमिटी गठन गरेको छ । सो वडा अन्र्तगत रहेको सुकुमबासी बस्तीमा उर्मिला पासवानको अध्यक्षतामा श्रमजिवी टोल कमिटी गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा सुकराम दराई,सावित्री राई,गीता कुमाल,निर्मला राई,सचिवमा कुमारी लामा,सहसचिवमा दुर्गा परियार,रत्न राई,गोपाल पासवान,सुस्मिता महतो सहित ५१ सदस्यीय टोल कमिटी गठन गरिएको हो । कार्यक्रममा सो पार्टीका जिल्ला कमिटी सचिव कुलप्रसाद लामिछानेले टोल कमिटीलाई पद तथा गोपनीयताको सपथग्रहण गराएका थिए । सो अबसरमा राष्ट्रिय भूमि आयोग चितवनका सदस्य निलप्रसाद लामिछानेले रत्ननगरका सुकुमबासीलाई एक हप्ता भित्र निस्सा र चुनाब अघि लालपूर्जा वितरण गर्ने बताए । हामी तपाईहरुलाई चुनाब अघि नै लालपूर्जा दिन्छौं उनले भने त्यसका लागि हामी तयारीमा छौं ।
कार्यक्रममा जिल्ला कमिटी सदस्य तथा नगर कमिटी उपाध्यक्ष हरिकुमार श्रेष्ठले एमाले सही दिसामा नरहेका कारण आफुहरुले एमालेबाट विद्राह गरेर नयाँ पार्टीको जन्मदिएको भन्दै समाजबादी पार्टीले मात्र सुकुमबासी समुदायको हितमा काम गर्ने बताए । कार्यक्रममा जिल्ला सचिव लामिछानेले विगतका सरकारले पुरा गर्न नसकेको सुकुमबासीलाई लालपूर्जा वितरणको काम अहिलेको सरकारले पुरा गर्ने बताए । कार्यक्रममा सो पार्टीकी जिल्ला कमिटी सदस्य तथा वडा नं ९ की कार्यबहाक वडाध्यक्ष सरस्वती लामा,नेपाल जापान समन्वय समितिका उपाध्यक्ष चिन्तामणि आचार्य लगायतको सहभागिता रहेको थियो ।

