रत्ननगर । चितवनको रत्ननगर नगरपालिका–१३ जयमंगलामा गुडिरहेको एउटा निजी कारमा शुक्रवार आगलागी भएको छ । स्थानीय गोपाल भण्डारीको बा १४ च ७८९३ नम्बरको निजी कारमा आगलागी भएको हो । कारमा आगलागी भए संगै दमकलको अभावका कारण कारमा लागेको आयो समयमै निभाउन नसकिएको स्थानियले जानकारी दिएका छन् ।
कारको व्याट्री सर्ट भएर आगलागी भएको हो ।
रत्ननगरमा दमकल नभएका कारण खैरहनी नगरपालिका बाट दमकल आउन समय लागेकाले दमकल आउदा कार पुर्ण जलिसकेको स्थानिय बताउछन ।
बकुलहरबाट तरकारी किनेर जयमंगलातर्फ जाँदै गर्दा कारमा एक्कासी आगलागी भएको भण्डारीले जानकारी दिए । कार भण्डारी आफैले चलाएका थिए ।
‘कारको ढोका नखुलेको भए म बाच्थिन होला’, उनले भने, ‘भाग्यले बाच्न सफल भए ।’ आगलानीबाट कार पूर्णरुपमा क्षति पुुगेको छ ।

