१६ चैत्र, बुधबार
रत्ननगर । रत्ननगर ६ अन्तर्गत सृजनशिल टोलमा नेकपा एकीकृत समाजवादीले रोशन पौडेलको अध्यक्षता १७ सदस्यीय टोल कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा राजु पौडेल,सचिवमा उदित परियार,सहसचिवमा आकृति बस्नेत तथा सदस्यहरुमा तुलसी घिमिरे,जमुना परियार,शालिकराम घिमिरे,काली चौधरी,आशिका घिमिरे,गोरे परियार,बुद्धिमान परियार,रुबी घिमिरे,राजु परियार,सरिता बस्नेत,सुनिता परियार,संजिब बस्नेत चयन भएका छन् ।
वडा इन्चार्ज गोकर्ण गिरीको अध्यक्षता तथा रत्ननगर इन्चार्ज दुर्गा घिमिरेको प्रमुख आतिथ्यतामा नव गठित समितीलाई सपथ ग्रहण गराइएको हो । उक्त कार्यक्रममा प्रदेश कमिटीका सदस्य उदय अर्याल, अर्जुन ढकाल, जिल्ला अध्यक्ष डा. कृष्ण पन्त लगायत पार्टीमा आस्था राख्नेहरुको उल्लेख्य उपस्थिती रहेको थियो । रत्ननगरको वडा नं ६ मा नेकपा एकीकृत समाजबादीको राम्रो पकड भएको वडा इन्चार्ज गोकर्ण गिरीले जानकारी दिए ।

