रत्ननगर, रत्ननगर जेसिजले भरतपुर महानगरपालिका स्थित मानव सेवा आश्रममा आश्रितलाई खाना खुवाएको छ । जेसिजको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत खाना खुवाईएको हो । कार्यक्रममा रत्ननगर जेसिजका पुर्व अध्यक्ष जेसी दिपेन्द्र शर्मा चापागाईंले रत्ननगर जेसिज हरेक दिन समाजको लागी खट्न चाहेको बताए । अच्युत आचार्यको विशेष सहयोगमा सम्पन्न कार्यक्रमका सभाध्यक्ष्य समेत रहेका रत्ननगर जेसिज वर्ष २०२२ का अध्यक्ष उपेन्द्र शर्मा आचार्यले मानवता सेवा जिवनको सर्बोत्तम कार्य भएकाले जेसिज मानव सेवामा लागिरहने बताए ।

