कालिका ०८ चैत
कालिका नगरपालिकाको एउटै वडाबाट १५० जना एमालेमा प्रवेश गरेका छन् । वडा नं ११ सिद्धिका विभिन्न पार्टी परित्याग गरी १५० भन्दा बढी एमालेमा प्रवेश गरेको नेता दीपक लामिछानेले जनाकारी दिए । कालिकामा अन्य पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेहरुको संख्या बढ्दै गएको उनले बताए ।
सिद्धिमा आयोजित कार्यक्रममा प्रतिनिधि सभा साँसद कृष्णभक्त पोखरेल र कालिकाका मेयर तथा एमालेका प्रदेश कमिटी सदस्य खुमनारायण श्रेष्ठले उनीहरुलाई खादा र टीका लगाएर पार्टी प्रवेश गरेका थिए । सो अबसरमा नेता पोखरेलले एमालेमा भित्रिएका नेता तथा कार्यकर्तालाई बेकारमा एमालेमा आइएछ भन्ने अबस्था आउन नदिने बताए ।
मेयर श्रेष्ठले कालिका नगरपालिकालाई आफ्नो कार्यकालमा विकासको मोडल दिन सफल भएको बताए । उनले समृद्ध कालिका निर्माणमा आफ्नो भूमिका अझै सक्रिय रहने बताए । कार्यक्रममा एमालेका जिल्ला कमिटी सदस्य सहित नेता,कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

