खैरहनी । चितवनको खैरहनीमा माओवादी केन्द्र परित्याग गरी ४७ जना एकीकृत समाजबादीमा प्रवेश गरेका छन् । सो नगरपालिका वडा नं १२ वडा कमिटीले आयोजना गरेको कार्यक्रममा माओवादी परित्याग गरी ४७ जना समाजबादीमा प्रवेश गरेका हुन ।
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद खनालले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन । सो अबसरमा उनले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीलाई जिताउने गरी चुनाबी अभियान थाल्न आग्रह गरे । समाजबादीका जनप्रतिनिधि र मन्त्रीहरुले गरेका कामको बारेमा जनतालाई बुझाउन सके जित निश्चित रहेको उनको भनाई छ ।
गठबन्धन नहुँदा पार्टीले जित्ने गरी चुनावी अभियानमा होमिन उनले नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन । कार्यक्रम वडा कमिटी अध्यक्ष दिनेश जोशीको अध्यक्षतामा भएको थियो ।

