चितवन : चितवनमा आगोलागी हुँदा करिब ६० लाख बराबरको धनमाल नष्ट भएको छ । आज (शुक्रबार) बिहान चितवनको माडी नगरपालिका ४ खैरहनीस्थित माधव लामिछानेको धन्सारमा अचानक आगोलागी हुँदा करिब ६० लाख बराबरको धनमाल नष्ट भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

 

आगलागी भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट खैरहनी र इलाका प्रहरी कार्यालय माडीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले प्रहरी, स्थानीय नागरिक र दमकलको सहायताबाट बिहान ५ बजे आगो पूर्णरुपमा नियन्त्रणमा लिएको थियाे ।

 

आगलागीबाट लामिछानेको धन्सार र नजिकै रहेको दुई वटा कुखुराको फर्ममा रहेको ७० क्विन्टल धान, तोरी ५ क्विन्टल, गँहु २ क्विन्टल, ३५ क्विन्टल ९७० बोरा० कुखुराको दाना नष्ट भएको छ ।

यस्तै, आगलागीबाट फ्रिज एक थान, टिभी एक थान, डिजिटल मेसिन एक थान, सोलार प्यानल तीन थान, व्याट्री तीन थान, इन्भर्टर एक थानलगायत ग्रिज, मोबिल, गियर आयल, हाइड्रोलिक पाइप, ड्रम र अन्य भाडा वर्तनसमेत क्षति भएको चितवन प्रहरीले जनाएको छ ।
यसैगरी, कुखुराको फर्ममा रहेको तयारी कुखुरा १२०० वटा र चल्ला १००० वटा पूर्णरुपमा जलेर नष्ट भएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट आगलाागीबाट कुनै मानवीय क्षति नभए पनि आगोलागीबाट करिब ६० लाख बराबरको क्षति जनाइएको छ । अन्य अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार