३ चैत्र, रत्ननगर ।
रत्ननगर जेसिज र रत्ननगर जुनियर जेसिजको संयुक्त आयोजनामा आज होलि मिलन कार्यक्रम सम्पन्न भएको छ । रेडक्रस सोसाईटी रत्ननगर उपशाखाका अध्यक्ष गोविन्द श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा रत्ननगर जेसिज कस्ता कार्यक्रम मार्फत अगाडि बढ्ने बिषयमा वृहत अन्तरक्रिया समेत गरिएको थियो । होलि मिलन कार्यक्रम अन्तर्गत घैटो फुटाई कार्यक्रम गरिएको थियो, घैटो फ़ुटाईका बिजेता बाबुराम परियार भएका कार्यक्रमका संयोजक राम प्रसाद पाण्डेले जानकारी दिए ।
रत्ननगरमा रहेको एक्सपोर्ट एजुकेसनले कार्यक्रमका सहभागीहरुलाई होलीको टिसर्ट सौजन्य गरेको थियो । कार्यक्रममा रेडक्रस सोसाईटी रत्ननगर उपशाखाकी उपाध्यक्ष अनु गौतम, रत्ननगर जेसिजका पुर्व अध्यक्ष योगेन्द्र नाथ अधिकारी लगाएतले मन्तव्य राखेका थिए ।
५० जनाको सहभागिता रहेको कार्यक्रम रत्ननगर जेसिज बर्ष २०२२ का अध्यक्ष उपेन्द्र शर्मा आचार्यको सभाध्यक्षतामा सम्पन्न भएको हो ।


