चितवन : जिल्ला प्रहरी कार्यालय चितवनले सभ्य तरिकाले फागु पुर्णिमा मनाउन आग्रह गरेको छ । प्रहरीले होली खेल्दा अण्डा, मोबिल, लोला तथा फोहोर पानी प्रयोग नगर्न आग्रह गरेको छ । यस्तै मादक पदार्थ सेवन गरेर सवारी साधन नचलाउन तथा सवारी साधन तिव्र गति नचलाउन पनि प्रहरीले आग्रह गरेको छ ।

जबरजस्ती रंग अबिर नदल्न, मोटरसाइकलमा दुई जना भन्दा बढी नचढ्न, अपरिचित व्यक्तिले दिएको खाने कुरा नखान, लागु औषध सेवन नगर्न तथा चर्को आवाज आउने गरि डिजे गीत र बाजा नबजाउन पनि प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार