रत्ननगर ।
चेरिश नेपाल फाउन्डेसनले हेल्दी माइन्ड्सको सहयोगमा मानसिक स्वास्थ्य सम्बन्धी ३ दिने सेमिनार सम्पन्न गरेको छ । फाउन्डेसनले सौराहाका मालपुर माध्यमिक विद्यालय, बछौली माध्यमिक बिद्यालय र मणि माध्यमिक विद्यालयमा सेमिनार गरेको हो ।

हेल्दी माईण्डस नेपालले कोभिड पछि खस्कँदै गएको मानसिक स्वास्थ्यको अवस्थालाई सामान्य तर्फ लैजाने उद्धेश्यका साथ चेरिस नेपाल फाउन्डेसन संग सहकार्य गरेको हेल्दी माइन्ड्स नेपालकी मनोवैज्ञानिक एमडी रोजिशा शाही ठकुरीले जानकारी दिएकी छिन । स्वस्थ सामुदायिक विकासका लागि यो विषय अत्यन्त आवश्यक भएकाले चेरिश नेपाल फाउन्डेसनले मानसिक स्वास्थ्य सम्बन्धी गोष्ठी आयोजना गरेको चेरिस नेपाल फाउन्डेसनका सुप्रभ आचार्यले जानकारी दिए ।

यस कार्यक्रमको सञ्चालन लागत नेपालको प्रतिनिधित्व गर्ने परफ्युम ब्रान्ड राईजिङ्ग एभरेस्ट ले सहयोग गरेको थियो । छोटो समयमै यो ब्रान्ड श्रीलंका, क्यानडा र अमेरिकामा रुचाउन थालिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार