अछाम, २३ फागुन
साँफेबगर नगरपालिकाकामा नगर उपप्रमुख कोसेली कार्यक्रम सञ्चालन भएकाे छ । उपमेयर विर्मलादेवि वुड्थापाले उक्त कार्यक्रमबाट घरघर पुगेर गर्भवतीलाई काेसेली दिएकी छन् । १४ वडाका ३ सय ३८ जना गर्भवतीलाई काेसेली दिइएकाे हाे ।
गर्भवतीका लागि पोष्टिक आहार लिएर घर आँगनमै आउनु खुसी भएको साँफेबगर नगरपालिका-४ मष्टमाडाैंकी सरिता भुलले बताइन् । गर्भावस्थामा महिलाका लागि कोसेली लिएर घरमा आउँदा स्थानीय सरकारको महसुस भएकाे उनकाे भनाइ छ ।

