नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले राजीनामा दिनुपर्ने बताएका छन् । उनले सभामुखले राजीनामा नदिए महाभियोग लगाउन सकिने पनि बताए । मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले सभामुखको क्रियाकलाप अनुचित रहेको जिकिर गरे ।

अ‍ोलीले सत्ता गठबन्धनले जस्तो राजनीति एमालेले नगर्ने पनि बताए । गठबन्धनमा रहेका दलहरु एक्लै चुनावमा जान सक्ने हैसियतमा नरहेको जिकिर गर्दै ओलीले कमजोर भएकैले गठबन्धन खोजेको बताए । ओलीले उनीहरु गठबन्धन बनाएर वा एक्लै जसरी गएपनि त्यसमा एमालेलाई कुनै फरक नपर्ने बताए ।

 

एमाले एक्लै चुनाव लड्न सक्षम रहेको बताउँदै उनले आउने चुनावको परिणाम पर्खिन आग्रह पनि गरे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार