काठमाडौं,१० फागुन
नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ४७६ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६०४ जनामा पीसीआर परीक्षण गरिएकोमा २९९ जनामा र २ हजार ८२० जनामा एन्टीजेन परीक्षण गर्दा १७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । हालसम्मको कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९२८ पुगेको छ । यसैगरी देशमा हालसम्म १० हजार ७४७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा १ लाख ७ हजार १८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

