चितवन : जिल्ला प्रशासन कार्यालय चितवनले फागुन १४ गतेसम्म प्रदर्शन, जात्रा, महोत्सव सञ्चालन गर्न नपाउने आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङद्वारा १० बुँदे आदेश जारी गरिएको छ । जनस्वास्थ्यमा पादण्ड पालना गरी केही सेवा सञ्चालन तथा प्रवाहमा खुकुलो व्यवस्था गरिएको छ ।
माघ मसान्तसम्म बन्द रहेका सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब हेल्थ क्लब, जिमखाना, फुटसल, स्वीमिङ पुल, हाटबजार जनस्वास्थ्य मापदण्ड पालना गरेर राती १० बजेसम्म सञ्चालन गर्न सकिने व्यवस्था गरेको छ । यस्तै विद्यालय, विश्वविद्यालय, कलेज, ट्युशन सेण्टर, तालिम वा अन्य सबै शैक्षिक क्रियाकलाप सञ्चालन गर्न सकिने उल्लेख छ । सबै परीक्षामा जेड आकारमा बसाई व्यवस्था गर्नुपर्ने, परीक्षा केन्मा मास्क र स्यानिटाइजरको प्रयोग गर्ने, भौतिक दुरी कडाईका साथ पालना गर्नुपर्ने आदेशमा उल्लेख छ ।

