चितवन : चितवनमा पछिल्लो २४ घण्टामा थप ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ३ सय ९४ जनाको पिसीआर र ३५ जनाको एन्टिजेन परिक्षण गर्दा ६६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ ।

भरतपुर महानगरपालिकामा ३७ जना, खैरहनी नगरपालिकामा १ जना, माडी नगरपालिकामा ११ जना, रत्ननगर नगरपालिकामा १० जना, राप्ती नगरपालिकामा ३ जना र कालिका नगरपालिकामा २ जना गरी जिल्लामा थप ६६ जनामा संक्रमण पुष्टी भएको हो । यससँगै चितवनमा सक्रिय संक्रमितको संख्या २ हजार ९ सय ५३ रहेको छ । संक्रमित मध्ये २ हजार ९ सय १२ जना होमआइसोलेसन र ४१ जना अस्पतालको आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार