चितवन : रत्ननगर नगरपालिका वडा नं ११ मा रहेको बटर खोलामा पुल निर्माण सुरु गरिएको छ । बटरचोक देखि जिरौना निस्कने हुलाकी मार्गमा पर्ने बटर खोलामा पुल निर्माण सुरु गरिएको हो ।

आइतवार रत्ननगरका मेयर नारायण वनले शिलान्यास गरेसंगै पुलको निर्माण कार्य सुरु भएको वडाध्यक्ष शशीभक्त न्यौपानेले जानकारी दिए । सो अबसरमा मेयर वनले स्थानीय समुदायको आवश्यकतालाई मध्यनजर गरी पुल निर्माण सुरु गरिएको भन्दै पुल सञ्चालनमा आएपछि आवतजावतमा सहज हुने बताए । पुल नहुँदा स्थानीय समुदायले भोग्दै आएको समस्याका बारेमा आफु जानकार रहेको भन्दै मेयर वनले पुल बनिसकेपछि बर्षौ देखि भोग्दै आएको समस्या सामधान हुने बताए ।

रत्ननगरको टाँडीचोकमा आकासेपुल,बोद्रहनीमा झोलुङ्गे पुल सञ्चालनमा आइसकेको भन्दै उनले वडा नं ८ को बाघमारामा झोलुङ्गे पुल निर्माणको काम भइरहेको बताए । नगरपालिकाको १२ लाख,वडा कार्यालयको साढे ९ लाख र अन्य जनसहभागिता गरी २५ लाखको लगानीमा पुल निर्माण सुरु भएको उपभोक्ता समितिका अध्यक्ष तिलकहादुर घिमिरेले बताए । १२ मिटर लम्वाई र ७ मिटर चौडाई भएको पक्की पुल निर्माण हुने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार