२२ माघ, रत्ननगर ।
रत्ननगर स्थित टिकौली कृष्ण मन्दिर परिसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ७ महिला सहित २१ पुरुषले रक्तदान गरेका छन् । श्रीकृष्ण प्रणामी यूवा परिषद नेपालको ३२ औँ स्थापना दिवसको अवसर पारेर खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको श्रीकृष्ण प्रणामी यूवा परिषद प्रा. स. टिकौलीका सह-सचिव तथा कार्यक्रम संयोजक पदम खनालले जानकारी दिए ।

रत्ननगर नगरपालिका वार्ड नम्बर १० का अध्यक्ष केशव आचार्य प्रमुख अतिथि रहनुभएको कार्यक्रमलाई संस्थाका सचिव सुर्यमणि ढकालले संचालन गरेका थिए । कार्यक्रम श्रीकृष्ण प्रणामी यूवा परिषद प्रा. स. टिकौलीका अध्यक्ष केशवराज बरालको सभापतित्वमा सम्पन्न भएको हो ।

स्थापना दिवसकै अवसरमा श्रीकृष्ण प्रणामी यूवा परिषद प्रा. स. टिकौलीले नारायनगढ तथा आसपासका खुल्ला क्षेत्रमा रात काट्न बाध्य भएका बेसाहाराहरुलाई न्यानो कपडा तथा खाद्यान्न वितरण, श्री कृष्ण प्रणामी मन्दिर टिकौलीमा आश्रित तथा सेवा पुर्याउदै आउनुभएका वृद्ध वृद्धाहरुलाई नयाँ कपडा तथा खाद्यान्न वितरण लगाएतका कार्यक्रमहरु संचालन गरिसकेको छ । आगामी दिनमा पनि समाजप्रति उत्तरदायी हुदै कार्यक्रमहरु ल्याईने अध्यक्ष बराल बताउछन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार