काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार देशभरमा १४ जनाको मृत्यु भएको हो ।
मन्त्रालयका अनुसार एन्टिजेन र पीसीआर विधिबाट गरिएको १२ हजार ६०५ परीक्षणमा ३ हजार १७५ मा कोरोना पोजिटिभ देखिएको छ ।
२४ घण्टामा निको हुनेको संख्या भने ८ हजार ७२३ रहेको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ६३ हजार २९६ रहेको छ। २४ घण्टामा २ लाख ६६ हजार ५४० ले खोप लगाएका छन्।

