चितवन : चितवनमा पछिल्लो २४ घण्टामा थप १ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ३ सय २८ जनाको पिसीआर र १ सय १ जनाको एन्टिजेन परिक्षण गर्दा १ सय ७४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ ।

भरतपुर महानगरपालिकामा १ सय १५ जना, खैरहनी नगरपालिकामा ९ जना, माडी नगरपालिकामा २३ जना, रत्ननगर नगरपालिकामा १८ जना, राप्ती नगरपालिकामा ६ जना र कालिका नगरपालिकामा ३ जना गरी जिल्लामा १ सय ७४ जनामा संक्रमण पुष्टी भएको हो । यससँगै चितवनमा सक्रिय संक्रमितको संख्या ४ हजार १ सय ९५ पुगेको छ । संक्रमित मध्ये ४ हजार १ सय ५६ जना होमआइसोलेसन र ३९ जना अस्पतालको आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यस्तै, जिल्लामा पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४ सय ४० पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार