काठमाडौं। हास्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण भएको छ। गजुरेलले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत् जानकारी दिएका हुन्।

गजुरेलले सामाजिक सञ्जालमा लेखेका छन् : ‘पहिलेजस्तो सातो लिने र दोश्रो जस्तो ज्यानै लिनेचाहि हैन, तर थलाचाहि राम्रैसँग पार्दोरहेछ। ढुक्कसँग उपचार गरौं, केही नहुन्जेल केही पनि हुँदैन।’

उनले कोरोनाको तेश्रो भेरियन्ट ओमिक्रोनबाट होम आइसोलेसनमा बसेका र आइसीयुमा पुगेका सबैको स्वास्थ्य लाभको कामना गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर