९ माघ,एजेन्सी
‘पुष्पा : द राइज’ पछि अभिनेता अल्लू अर्जुन सफलताको अर्को सिँढीमा उक्लिएका छन् । यही कारण उनले ‘पुष्पा : द रुल’का लागि आफ्नो पारिश्रमिक बढाएका छन् । यो फिल्म मात्र होइन, उनले अन्य फिल्मका लागि पनि बढेको पारिश्रमिक लिने छन् । उनले पारिश्रमिक मूल्य सय करोड पु¥याएका छन् ।
अल्लूले सय करोड पारिश्रमिक तोके पनि त्यो लगानी उठाउन प्रोडक्सन हाउसलाई कुनै चिन्ता छैन । किनकी उनीहरूलाई अल्लूको कामप्रति विश्वास छ ।
फिल्म ‘पुष्पा’ पछि अभिनेत्री रश्मिका मन्दानाले पनि पारिश्रमिक बढाएकी छन् । उनले ‘पुष्पाः द रुल’का लागि चार करोड पारिश्रमिक लिने घोषणा गरिसकेकी छन् ।

