९ माघ , काठमाडौं
काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत ५० जना स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ।
खोप कार्यक्रममै संलग्न स्वास्थ्यकर्मीलाई कोरोना भएकाले अभियान स्थगन गर्नुपरेको निर्देशक डा। रावलले जनाएकी छन्। अहिले १६ माघसम्म खोप अभियान स्थगन गरिएको सूचनामा उल्लेख छ।

