पौष ५,रत्ननगर ।
सौराहा जेसिजको पद हस्तान्तरण कार्यक्रम सौराहामा सप्पन्न भएको छ। आज सौराहामा आयोजित एक कार्यक्रमको बिच बर्ष २०२१ का अध्यक्ष जेसि बिष्णु थापाले बर्ष २०२२ का अध्यक्ष जेसि बिकास श्रेष्ठलाई पद हस्तान्तरण गर्नुभएको हो।

नेपाल जेसिज बर्ष २००८ का राष्ट्रिय अध्यक्ष जेसिआई सिनेटर दिनेश कोईरालाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल जेसिज बर्ष २०२२ का उपाध्यक्ष, सौराहा जेसिजका निरुपित उपाध्यक्ष जेसि कृष्ण बहादुर श्रेष्ठ, नेपाल जेसिजका बर्ष २०२२ का महासचिव कृष्ण सापकोटा, सौराहा लेडि जेसिज बर्ष २०२२ कि अध्यक्ष जेसी स्वप्ना भण्डारी,जेसिआई सौराहाको मातृ शाखा रत्ननगर जेसिज बर्ष २०२१ का अध्यक्ष जेसी हेमराज आचार्य लगाएत स्थानीय संघ सस्थाका प्रतिनिधि हरुको उपस्तिथि रहेको थियो।

पद हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथी कोईरालाले जेसि बिकास श्रेष्ठको कार्यकलमा जेसिआई सौराहाले थप उल्लेख्य कार्य गर्ने बिश्वास ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा जेसी बिकास श्रेष्ठले जेसिज अफ द इयर, जेसी राम बहादुर परियारले याक्टिभ मेम्बर अवार्ड , जेसी अशोक भुसालले मोटिभेसनल अवार्ड प्राप्त गर्नुभएको छ । जेसिआई सौराहालाई सहयोग मार्फत अतुलनिय योगदान पुर्याएको भन्दै बालसिङ् चौधरीलाई सम्मान गरिएको थियो । नया अध्यक्ष जेसी बिकास श्रेष्ठले नेपाल जेसिजको राष्ट्रिय अध्यक्षले ल्याउनुभएको “याक्ट फर इम्प्याक्ट” लाई सफल बनाउन लागिपर्ने बताउनुभएको छ ।कार्यक्रम जेसिआई सौराहाका बर्ष २०२१ का अध्यक्ष जेसि बिष्णु थापाको सभापतित्वमा सम्पन्न भएको थियो।

जेसिआई सौराहाको नया कार्यसमिति यस प्रकार रहेको छ ।
निर्वाचन अधिकृत : जेसी ठाकुर भण्डारी
अध्यक्ष : जेसी बिकास श्रेष्ठ
कार्यकारिणी उपाध्यक्ष : जेसी रंजन भण्डारी , जेसी लिलाराज अर्याल
उपाध्यक्ष :
जेसी राम बहादुर परियार
जेसी सुरज राज श्रेष्ठ
जेसी संगम घिमिरे
जेसी अशोक भुषाल
महासचिव : जेसी विकल आचार्य
कोषाध्यक्ष : भरत प्रसाद पौडेल
डिरेक्टर :
जेसी रोसन सुवेदी
जेसी तुलप्रसाद घिमिरे
जेसी अमृत पौडेल
जेसी अन्जन भट्टराई
कानुनि सल्लाकार : जेसी सुरेश भुषाल

यसका अलावा अन्य पदहरु मनोनयन मार्फत पूर्ति गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार