३ माघ,काठमाडौं
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई कोरोना संक्रमण भएको छ। पीसीआर परीक्षण गर्दा मन्त्री आलेमा स्रंक्रमण पुष्टि भएको उनको सचिवालयले जानकारी दिएको छ।
यसैगरी मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि कोरोना संक्रमण भएको छ। मन्त्री आलेको सचिवालयले केहीदिनयता आफूहरुको सम्पर्कमा आएका सबै जनालाई सतर्कता अपनाउन आग्रह गरेको छ।
मन्त्री आले पछिल्लो पटक विभिन्न कार्यक्रममा सहभागी भएका थिए। आइतबार मात्रै उनी पशुपति क्षेत्रमा बतास समूहले सञ्चालन गरेको धर्मशालाका साथै नारायणहिटी संग्रहालयको अवलोकनमा पुगेका थिए।

