माघ २,काठमाडौं
विवेकशील–साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई कोरोना संक्रमण भएको छ । सामाजिक सञ्जालमार्फत मिश्रले आफूलाई संक्रमण भएको जानकारी दिएका हुन् । फेसबुकमा स्टाटस लेख्दै मिश्रले अस्पतालमा परीक्षणपछि घर आएर सुरक्षितरुपमा बसेको उल्लेख गरेका छन् । अहिले आफ्नो स्वाथ्यअवस्था ठीकै रहेको उनको भनाइ छ । आफ्नो सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन र आवश्यक देखिए परीक्षण गर्न उनले सुझाव दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार