पुस ३०,काठमाडाैं
पछिल्लो २४ घन्टामा नेपालमा ५ हजार ८७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना तथ्यांक सार्वजनिक गर्दै शुक्रबार सो संख्यामा संक्रमित थपिएको जनाएको हो।

कूल २० हजार ५६० जनामा गरिएको परीक्षणको क्रममा पिसीआर विधिबाट १३४७४ र एन्टीजेन विधिबाट ७०८६ ज्ना संक्रमित भएको मन्त्रालयले जनाएको छ।

सो अवधिमा ३०६ जना कोरोना संक्रमणमुक्त भएका थिए भने ३ जनाको निधन भएको मन्त्रालयले जनाएको छ। हाल नेपालमा १८ हजार २३५ कोरोनाका सक्रिय संक्रमित छन्।

Rijan Computers

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार